देशका अधिकांश स्थानमा पानी पर्ने, यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  असार १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसका कारण सुदूरपश्चिम भेगमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

आज (सोमबार) दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर