प्रधानमन्त्रीको स्पेन भ्रमणमा २१ सदस्य, यस्तो छ भेटघाट तालिका

  असार १४, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, असार १४ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने आफ्नो स्पेन भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा जान लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आज असार १४ गते साँझ ६ बजे दोहा हुँदै स्पेनको यात्रा गर्न लागिएको बताए । प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा यही असार १५ गते बिहान पुग्ने तालिका छ । भ्रमण दलमा २१ सदस्य छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नेपालको राष्ट्रिय हित प्रतिविम्बित गराउन आफूले भूमिका निर्वाह गर्ने बताए । स्पेनको सेभिया सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन एक दशकमा एकपटक आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता हुँदै आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर