गृहमन्त्रीलाई राप्रपाको चेतावनी : धेरै फुर्ति नदेखाउनुस्

  असार १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १४ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन् ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् । उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन् ।

उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको जिकिर गरिन् । उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन्।

तपाईंको प्रतिक्रिया

थप खबर