प्रकाशमानको प्रश्न : पटक–पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १३ ।  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न चरणका परीक्षणहरूमा पास भएर आएका पुराना राजनीतिक दलहरूलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरूले केही गर्न नसक्ने बताए ।

उनले नेपाली कांग्रेस जनताबाट पटक–पटक परीक्षण भएर आएको पार्टी रहेको बताए । उनीहरूले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरेका छन् । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उनको भनाइ छ । कांग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली कांग्रेस पार्टीका शुभेच्छुक संघ-संस्थाहरू बलियो भएको खण्डमा मात्रै सन्तोषको सास फेर्न सकिने उनले बताए । उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताए । जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरूरी रहेको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर