किशोरीको सामुहिक बलात्कारपछि हत्या

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १३ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार ११ मा मृत्त भेटिएकी एक किशोरीको सामुहिक बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

कोलगाउँका पदमबहादुर तामाङकी छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।

घटनाको अनुसन्धानपछि उनको सामहिक बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष छ । बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामहिक बलात्कार पछि निशाको हत्या भएको अनुसन्धानले देखिएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले जानकारी दिए । उनले हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी गराउँदैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर