बजेट विवादले बागमती प्रदेशसभाको बैठक स्थगित

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १२। बागमती प्रदेशसभाको बैठक सारिएको छ ।

बजेटमाथि छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो । असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो । प्रदेशसभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको हो । संसद सचिवालयले बैठक स्थगित हुनुमा ‘विशेष कारण’ भनेको छ । तर बजेटमा सत्तापक्षकै सांसदको तीव्र विरोधका कारण बैठक सरेको स्रोतले बताएको छ ।

बुधबार बेलुका बसेको कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै गरेका थिए । बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर