दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ ।   क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् ।

प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनामा दिएका हुन् । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ । दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरेका छन् ।

चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए । उनले २०८० असोजमा बढुवा पाएका थिए । २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका ऐरी सात वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए । त्यसको २ वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर