असार १४ गते नेपाल नागरिकता विधेयक पारित हुन्छ : गृहमन्त्री

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ ।    गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।

आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताए ।

सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार रहेको बताए । समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पु¥याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताए । सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन उनले आग्रह गरे । समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरू भएको हो । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर