संसदीय समिति बैठकमा प्रचण्ड

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

शीर्ष नेताहरूले संसदीय समितिलाई उपेक्षा गरेको गुनासोबीच प्रचण्ड समिति बैठकमा सहभागी भएका हुन् ।

बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड उपस्थित भएका हुन् । नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने समितिको कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् । समिति सभापति रामहरि खतिवडाले निजामती विधेयक टुंगयाएसँगै अब नेपाल प्रहरीसम्बन्धी विधेयकलाई प्राथमिकता साथ अगाडि बढाइएको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर