घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य केहि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा एक लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो ।

यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । मंगलबारको तुलनामा आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर