रास्वपा र राप्रपालाई कांग्रेसले भन्यो–यसरी सदन कति दिन चल्छ ? शंकाको सुविधा त दिनुस्

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १० ।  सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण सम्बन्धमा छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिलाई शंकाको सुविधा दिएर संसद् सुचारु गर्न आग्रह गरेको छ ।

आज (मंगलबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले गठन गरेको छानबिन समितिलाई शंकाको सुविधा दिएर हेर्न आग्रह गरेका हुन् ।

‘गृहमन्त्रीले प्रष्ट रूपमा संसदमा राखिसक्नु भएको छ । भिजिट भिसाबारे अख्तियारले छानबिन गरिरहेको छ। अख्तियारमाथि अविश्वास गरेर अर्को आयोग बन्न सक्दैनथ्यो । संरचनागत त्रुटि सच्याएर जानका लागि यो समिति निर्माण भएको छ,’ घिमिरेले भने, ‘संसद् बहिष्कार गरेका साथीहरूलाई भन्न चाहन्छु–यही हो संसदीय अभ्यास ? सरकारलाई विश्वास गर्नु पर्दैन ? शंकाको सुविधा दिएर हेर्नुस्। यसरी कति दिन सदन चल्छ ?’

तपाईंको प्रतिक्रिया

थप खबर