मिडियाबाजी डटकम काठमाडौँ, असार १० । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ ।
आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई नौं विकेटले हराएको हो । जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो ।
नेपालका लागि सिवान्स बजगाईले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए । जापानका केइसीइ कोबायशी डोगेटले एक विकेट लिए । त्यसअघि मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर तीन बलमा अलआउट भयो । जापानका लागि कप्तान चार्ली ह्यारिसले ३६ रन बनाए । नेपालका शुभम खनालले पाँच विकेट लिए । यस्तै अभय यादवले दुई, सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले एक विकेट लिए ।