देशकै पहिलो ‘ओभरपास’ सञ्‍चालनमा : प्रधानमन्त्रीद्वारा उदघाटन

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ६ ।  काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरको ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को उदघाटन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) एक समारोहका बीच ‘ओभरपास’ को उदघाटन गरेका हुन् ।

काठमाडौं उपत्यकाको चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण गरेको हो। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो। ६ मिटर उचाइ र ४५५ मिटर लम्बाइको ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारीसाधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर