गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याइँदै

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ६ ।  म्याग्दीको बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो। योजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग सडकमा ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर