कैलालीमा कैदी मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ५ ।   कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई नियन्त्रणमा लिइएको डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन्। नाथलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको कैलाली कारागारमा मृत्यु भएको थियो।

मृतककी श्रीमती जानकी साउदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउदै किटानी जाहेरी दिएकी छन्। किटानी जाहेरीका आधारमा सईलाई पक्राउ गरिएको हो। सई नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन्। नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो । फरार रहेका उनलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरेर कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते बिदा परेका कारण असार १ गते मात्र अदालत पेश गरिएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर