हेटौंडाका वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमण

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ४ । हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको छ।

वडाध्यक्ष तथा नगर प्रवक्ता न्यौपानेमाथि कार्यकक्षमै मोबिल छ्यापिएको हो। बुधबार अपराह्न ४ बजेतिर चाइना क्वाटरस्थित वडा कार्यालयमा कालो पोसाकमा मोटरसाइकलमा आएका ३–४ जनाको अपरिचित व्यक्तिको समूहले अध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापेर फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ती व्यक्ति नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा आएर अध्यक्षमाथि मोबिल छ्यापेर भागेका हुन्। प्रहरीका अनुसार अध्यक्ष न्यौपानेको टाउको, शरीर र कपडामा कालो मोबिल छ्यापिएको छ । घटनापछि फरार व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रवक्ता अर्यालले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर