तीन दिन काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ४ ।   आगामी तीन दिन देशका अधिकांश क्षेत्रमा पानी पर्ने र नदी तथा खोलाहरुमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो। विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी गर्दै आगामी ३ दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसहत बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

यसैगरि पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको पनि महाशाखाले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर