फेसबुकमा ‘अल बिदा’ लेखेर डा. श्रेष्ठ सम्पर्कविहीन

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २ ।  रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठ आज (सोमबार) बिहानबाट सम्पर्कविहीन भएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर उनी सम्पर्कविहीन भएका हुन्। उनले आफ्नो मोबाइल पनि बन्द गरेका छन् । डा. श्रेष्ठको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।फेसबुकमा लामो स्टाटस देखेपछि आफूहरूले काठमाडौं प्रहरीलाई खबर गरेको उनले बताए।

उनका अनुसार डा. श्रेष्ठ सरुवा भएर गत शुक्रबार काठमाडौं आएका छन्। श्रेष्ठको घर काठमाडौं चाबाहिलस्थित गोपीकृष्णमा रहेको उनले जानकारी दिए। उनको परिवारलाई सम्पर्क गर्न खोज्दा फोन नउठेको रामेछाप प्रहरीले जनाएको छ। डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेको र आफूलाई झुटो आरोप लगाइएको बताएका छन्। साथै आफ्नो सरुवा आर्थिक चलखेलमा गरिएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्। उनी असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडा सरुवा भएका थिए।

श्रेष्ठले लेखेको लामो स्ट्याटसमा आफू डाक्टर बन्ने संघर्षदेखि अस्पताल व्यवस्थापनमा देखिएको प्रतिरोध, भ्रष्ट अभ्यासविरुद्धको प्रयास र त्यसबापत आफूले भोगेको अन्यायबारे पीडा पोखेका छन्। स्वास्थ्य मन्त्रालय, केही नेताहरू र अस्पतालभित्रका कर्मचारीको मिलेमतोमा आफूलाई बदनाम र मानसिक रूपमा तनाव दिने प्रयास गरेको उनले लेखेका छन्। फेसबुक स्ट्याटसमा उनले आफ्नी आमा, श्रीमती र छोरीसँग माफी समेत मागेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर