राप्रपा सांसदले बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले संसद अवरुद्ध गरेको दिनको भत्ता नलिने भएका छन्।

आज (सोमबार) बिहान बसेको राप्रपा संसदीय दलको बैठकले आफूहरूले संसद् अवरुद्ध गरेको दिनको भत्ता नदिन संसद् सचिवालयलाई पत्र लेखेका हुन्।

बैठक बापत प्राप्त हुने भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गरिदिन राप्रपाले संसद् सचिवालयलाई आग्रह गरेको छ। आइतबार राप्रपाले संसद बहिष्कार गरेको थियो। संसद् अवरुद्ध गरेको दिनको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले बैठकले भत्ता नलिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर