इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो–घर बाहिर ननिस्कनू

  २१ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।   इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ।

दूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन भनेको छ।

‘आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं’, दूतावासले भनेको छ। गएको बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो। त्यसपछि यी दुई देश लगातार आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन्। तनाव बढ्दै जाँदा दुवै देशमा ठूलो जनधनको क्षति भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर