प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

  २१ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।  प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने । सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रियसभावाट उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२ /८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूचीमा राखिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर