दुई बुँदे सहमतिबारे पार्टीमा समीक्षा हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

  जेठ ३२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ ।   नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए / नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्।

माओवादी केन्द्र दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए। उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए। तर उक्त मुद्दालाई माओवादीले नछोड्ने स्पष्ट पारे।

तपाईंको प्रतिक्रिया

थप खबर