न्यायाधीश सिफारिस समावेशी नभएको भन्दै सांसदहरुको आपत्ति

  जेठ ३२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।

आज (शनिबार) को संसदीय सुनुवाई समितिमा सांसदहरुले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सिफारिस समावेशी नगरेको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन्।

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस भएका छन्। न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर