मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ। ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्व नै संकटमा पर्न थालेसँगै सफाइ कार्य सुरु गरिएको हो।
पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ। कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार ३० हजार ७१३ वर्ग मिटर रहेको छ । ताललाई जलकुम्भीसहितका झारले ढाकेर हरियो चौर जस्तो देखिने अवस्थामा पुगेपछि कावासोती नगरपालिकाले यसको सफाइ थालेको हो।