रास्वपाले भन्यो–हाम्रो पाँच बुँदे माग यथावत छ, सदन अवरोध गर्छौ

  जेठ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसदमा अवरोध कायमै राख्ने भएको छ।

गृहमन्त्री नै मुछिएको भिजिट भिसा प्रकरणमा सरकारले आफै छानबिन गर्ने कुरा अस्वभाविक भएको ठहर गर्दै संसदीय वा न्यायिक छानबिन समिति गठन नभएसम्म अवरोध जारी राख्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। सांसद मनिष झाले रास्वपा राजनीतिक गठबन्धनबाट स्वतन्त्र भएको बताएका छन्।

रास्वपा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको विपक्षी दलहरूको बैठकमा सामेल हुँदै आएको थियो । सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच आज भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति भएको थियो । त्यसपछि रास्वपा सांसद झाले भने, ‘हामीले अघि सारेका ५ बुँदे माग यथावत छ । राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक गठबन्धनबाट स्वतन्त्र भयो। हामी सदन अवरूद्ध गर्छौं, सदनमा सुनेन भने सडकमा सुन्नेछ,’ उनले भने। उनका अनुसार माओवादीले सहमतिका लागि रास्वपासँग आग्रह पनि गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर