भिजिट भिसा प्रकरण छानविन गर्न उच्चस्तरीय समिति गठनको माग

  जेठ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन्।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रुपमै हुने भ्रष्टाचारको अन्त्य गर्नका लागि उच्चस्तरीय छानबिन आयोग जरुरी भएको बताइन्।

‘नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ’, सदस्य बेलबासेले भनिन्, ‘अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोडदिने, निमुखालाई कानुन लगाउने काम गर्नु हुँदै, जोसुकै दोषी भए पनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा पनि विश्वास दिलाउन जरुरी छ।’

तपाईंको प्रतिक्रिया

थप खबर