मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० । सत्ता साझेदार नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।
असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्ने गरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ।