मोसो प्रहार प्रकरण : वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, न्यायाधीशका अङ्गरक्षक फिर्ता

  जेठ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० ।   उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डाक्टर खुसीप्रसाद थारुमाथि मोसो प्रहारको घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इजलासमै न्यायाधीशमाथि मोसो प्रहार भएपछि पर्सा प्रहरीले अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको हो ।

न्यायाधीश थारुका अङ्गरक्षक र खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् । ‘आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएका छौँ’ उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर