मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० । इरानमाथि आक्रमण गरेको छ। इजरायली सेनाका एक अधिकारीले शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको बताएका छन्।
आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ। ‘यो एक दिने हमला होइन’, इजरायली सेनाको एक स्रोतले सीएनएनलाई भन्यो । इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौं केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् ।
इजरायली हमलामा अमेरिकी संलग्नता छैन : रुबियो
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन्। ‘आज राति इजरायले इरानविरुद्ध एकतर्फी कारबाही गर्यो। हामी इरानमा गरिएका हमलामा संलग्न छैनौँ । हाम्रो उच्च प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाहरूको सुरक्षा हो’, उनले एक वक्तव्यमा भनेका छन्।