मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २८ । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ।
मंगलबार राति उम्मेदवारी दर्ता भएको थियो। ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुई जना प्रतिस्पर्धी भएका छन्।
अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाको उम्मेदवारी परेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन्। एक महिला र एक खुला उपाध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल, विकास श्रेष्ठ, भरत धामी, धर्मेन्द्र केसीलगायतको उम्मेदवारी परेको छ। महिलातर्फ आरती भट्टराई, अञ्जना शिवाकोटी, भवानी बजगाईं, सुनीता धितालको उम्मेदवारी परेको ती सदस्यले बताए।