भिजिट भिसा प्रकरण : माओवादी ‘उधारो’ सम्झौता गर्न तयार, रास्वपा कांग्रेससँग छलफलमा

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २६ ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र भिजिट भिसा छानबिनको सुनिश्चिततासहित संसद् अवरोध खुलाउन तयार भएको छ ।

तर, भिजिट भिसा प्रकरण छानबिन कहिले हुने टुुङ्गो भने छैन। छलफल चलिरहेको जानकारी दिंदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे आफूहरूले छानबिनको सुनिश्चितता खोजेको बताउँछन्।

सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवाद केन्द्र त्यसमा विश्वास गरेर प्रतिनिधि सभामा जारी अवरोध खोल्न तयार भएको छ । भिजिट भिसा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरेको हो । यो विषय आए लगत्तै माओवादीले प्रतिनिधि सभामा विषय प्रवेश गराएको थियो । सुरुमा गृहमन्त्रीको राजीनामा नै मागेको माओवादी केन्द्र अन्ततः छानबिन हुने सुनिश्चितता भए संसदको अवरोध खोल्न सकिने निष्कर्षमा पुगेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर