रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २६।  कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताएका छन्।

राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताए। अनुदान बजेट अनुसारको मल भने समयमै ल्याएर डिपोसम्म पुर्‍याउने काम मन्त्रालयले गरिरहेको उनको भनाइ थियो ।

‘यसअघि मन्त्रालयले सार्वजनिक गरेको पाँच वर्षे कृषि अनुदानमा रु पाँच खर्ब एक अर्ब बजेटमध्ये रासायनिक मलको अनुदानमा रु ८७ अर्ब खर्च भएको रहेछ, त्यसपछिको अनुदान पनि कुनकुन विषयमा कसकसले कतिकति लगे तथ्याङ्क संकलनको काम भइरहेको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र यसअन्तर्गत वितरण भएको अनुदानको विवरण सार्वजनिक हुन्छ’, मन्त्री अधिकारीले भने।

तपाईंको प्रतिक्रिया

थप खबर