प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, संसद सुचारू गर्न जुटेको छैन सहमति

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।   प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची छ।

संघीय संसद नयाँ बानेश्वरमा दिउँसो २ः०० बजे बस्ने कार्यसूची त भएपनि विपक्षी दलकाे अवराेध भयाे भने बैठक बस्ने कि नबस्ने भन्ने निश्चित छैन।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियाे।

हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन्। प्रतिनिधिसभाको बैठक यही जेठ १३ गतेदेखि बस्न सकेको छैन। यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन।

विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न समिति गठन हुनुपर्ने सदनमा अवरोध गरिरहेका छन्। वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्।

तपाईंको प्रतिक्रिया

थप खबर