प्रधानमन्त्रीले गरे निर्माणाधीन त्रिवि क्रिकेट मैदानको अवलोकन

  जेठ २६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन पारापिट अवलोकन गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आइतबार कीर्तिपुर पुगेका हुन्।

गत फागुनदेखि क्रिकेट मैदानको पारापिट निर्माणको काम चलिरहेको छ। पारापिट निर्माणको ठेक्का बीकेओआई–केसीडीसी–बिजी जेभीले ४३ करोड ७७ लाखमा पाएको छ। गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन। समयमा काम नसकिएपछि प्रधानमन्त्री ओली काम छिटो गर्न निर्देशन दिएका थिए। ओलीसँगै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि कीर्तिपुर पुगेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर