नेप्सेमा ११.०६ अंकको गिरावट, ९ अर्ब १३ करोड माथिको कारोबार

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को विन्दुमा कायम भएको छ । 

यस दिन नेप्सेमा कारोबार भएका ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको छ । 

आज राधि विद्युत कम्पनीको सेयर कारोबार सबैभन्दा बढी ७२ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ६२ करोड २७ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै छ्याङदी हाइड्रोका लगानीकर्ताले ८. ५७ प्रतिशतका दरले कमाउँदा हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतका दरले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर