मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घटेको छ ।
यससँगै सेसन अवधिको सूचक २६३९.२६ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३७ कम्पनीको २७ हजार ६ सय ४ कित्ता सेयर कारोबार भएको हो ।