अग्नि सापकोटाविरुद्धको रिटमा सकियो सुनुवाई, आजै आदेशको सम्भावना

  जेठ २२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २१।  पूर्व सभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको सुनुवाइ सकिएको हो । आजै आदेश आउन सक्ने सम्भावना रहेको छ। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्वको रिट विचाराधीन रहँदै आएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासमा यो विवाद हेर्दाहेर्दैमा राखिएको थियो। पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो । त्यसपछिका लागि इजलासबाटै सुनुवाइको मिति तोकिएको भए पनि विभिन्न कारणले सुनुवाइ नै नभएर धकेलिँदै आएको थियो। यो विवाद सर्वोच्चमा आएको १४ वर्षभन्दा बढी भइसकेको छ । काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित पूर्णिमाया लामाले दिएको रिट निवेदन १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा विचाराधीन छ ।

तपाईंको प्रतिक्रिया

थप खबर