अनुसन्धान गृहमन्त्रीसम्म पुगे पद छाड्नु हुन्छ : कांग्रेस महामन्त्री शर्मा

  जेठ २१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०। सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेको प्रस्तावमा प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विषय विगतदेखि हुँदै आएको पाइएकाले गहिरोसँग अनुसन्धान हुनुपर्ने बताए ।

उनले भने, ‘यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता, जो पनि हुन्छ । त्यसमा अनुसन्धान गरेर जानुपर्छ । अहिले गृहमन्त्रीको राजीनामाको विषयमा जोडिएर यो कुरा आइरहेको छ, यदि मन्त्रीमाथि पनि कुनै अनुसन्धान भइरहेको छ भने पदत्याग गर्नुपर्छ, तर यो अनुसन्धान अख्तियारले गरिरहेको छ, मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन्, अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उहाँले पद छाड्नु पर्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर