रवि लामिछानेले गरे रुपन्देहीबाट कारागार सरुवाको माग

  जेठ २१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०।  सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कारागार सरुवाको माग गरेका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइ दिन कारागार प्रशासनलाई लेखि पठाएको थियो ।

लामिछानेले काठमाडौँको डिल्लीबजार कारागार सरुवाको माग गरेका छन् । त्यसै अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ । तर कारागार व्यवस्थापन विभागबाट निर्णय आउन बाँकी रहेको रुपन्देही कारागारका प्रमुख सुरेश भण्डारीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर