सरकार र यातायात व्यवसायीबीचको सहमति आपतिजनक : सांसद ज्वाला

  जेठ २१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०। सांसद तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गए राति सरकारले व्यवसायीसँग गरेको सहमतिले यातायातको क्षेत्रमा फेरि सिण्डिकेट कायम हुने बताएका छन्।

आज (मंगलबार) बिहान प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा धाराणा राख्दै उनले यातायात व्यवसायीसँग झुकेर सरकारले सिण्डिकेटलाई संरक्षण गरेको आरोप लगाए । ‘पहिले तोडिएको सिण्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ’ उनले भने । अहिले राइड शेयरिङले धेरै सहज भएको भन्दै उनले राइड शेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने बताए । ‘सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिक गरेको छ’, उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर