मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २.७७ अंकले बढेर २६९५.८४ को विन्दुमा कायम भएको छ।
यस दिन ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको ६५ करोड २ लाख १६ हजार रुपैयाँ र यूनिभर्सल पावर कम्पनीको ५४ करोड १९ लाख २३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यस दिन ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले कमाएका छन् ।
यता भुगोल इनर्जीका लगानीकर्ताले आज सबैभन्दा धेरै ६.२४ प्रतिशतका दरले गुमाएका छन् ।