कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी : अब खास आन्दोलन भोलिबाट हुन्छ

  जेठ १९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १८ ।   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्।

राप्रपा अध्यक्ष लिङदेनले पक्राउ गरिएका नेता थापालाई तत्काल ससम्मान रिहा गर्न माग गरेका छन्। आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो।

प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिएका छन्। उनले सरकारले निषेधित क्षेत्र बाहिर पनि धरपकडको नीति लिएको भन्दै आक्रोश पोखेका छन्। प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’ उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’

तपाईंको प्रतिक्रिया

थप खबर