काठमाडौंमा तय लोकसेवाको परीक्षा स्थगित

  जेठ १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १३ ।   लोकसेवा आयोगको यही जेठ १५ गते काठमाडौंमा तय भएको परीक्षा स्थगित भएको छ।

सोही दिन सरकारको नेतृत्वकर्ता नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो।

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो । परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर