मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यको सामथ्र्य वृद्धि नगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् ।
राज्यको सामथ्र्य वृद्धिका लागि बजेटका माध्यमबाट चाल्नु पर्ने कदमका विषयमा महासचिव पोखरेलले महत्वपूर्ण १५ बुँदे सुझाव दिएका हुन्। अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि विशेष योजना आवश्यक रहेको उनको धारणा छ।
अनौपचारिक अर्थतन्त्र सबै कालो धन नहुने पनि उनले स्पष्ट पारेका छन् । नेपालको प्राकृतिक श्रोत ढुङ्गा, गिट्टी र बालुवा समेतलाई आय आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नुपर्ने उनको सुझाव छ। ‘निर्माण सामाग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माण समेत प्रभावित हुने गरेको छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्।नेपालको वन पैदावारको दिगो उपयोगको नीति र योजना अघि बढाउन पोखरेलले सुझाव दिए।