यस पटक डेङ्गी संक्रमणको जोखिम बढ्ने विज्ञको चेतावनी

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ ।  यस पटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी संक्रमण समेत बढ्ने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले यस पटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले संक्रमणको जोखिम बढाउने छ ।’ पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी संकलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर