मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति राष्ट्रिय मानवअधिकार आयोग पुगेको छ।
समिति आज (शुक्रबार) संयोजक नवराज सुवेदीको नेतृत्वमा आयोग पुगेको हो । समितिले जेठ १५ गतेको आन्दोलन पूर्ण रूपले शान्तिपूर्ण हुने जानकारी आयोगलाई गराएको छ ।
‘आज हामी मानवअधिकार आयोग गयौँ र जेठ १५ गते हुने आन्दोलन हाम्रोतर्फबाट पूर्णरूपले शान्तिपूर्ण हुने तर, सरकारको तर्फबाट हुन सक्ने दमन र हिंसाको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएका छौं,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन् । आयोग पुग्नेहरूमा सुवेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत छन् । समितिले १५ गतेपश्चात् अनिश्चितकालीन आन्दोलन गर्दैछ ।