बाबुरामको अभिव्यक्तिले ‘बिच्किए’ द्वन्द्वपीडित, कार्यक्रम छाडेर बाहिरिए

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ ।  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिले सशस्त्र द्वन्द्वपीडितहरु ‘बिच्किएका’ छन्। नेपाल मानवअधिकार आयोग संगठनले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले दिएको अभिव्यक्तिप्रति पीडितहरूले आपत्ति जनाएका हुन् ।

उनले अन्य देशमा ठूला क्रान्ति हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपीडितहरु आक्रोशित बनेका हुन् । भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेना गरी दुईथरी सेना रहेको र उनीहरूको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु पर्ने अभिव्यक्ति दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर