प्रधानमन्त्री आज पोखरा जाँदै, युवा संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास

  जेठ १०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) पोखरा जाने भएका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी श्यामबाबु ओलियाका अनुसार प्रधानमन्त्री ओली ११ बजे हेलिकप्टरमार्फत त्यहाँ पुग्नेछन् । पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली पोखरा जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर