मिडियाबाजी डटकम काठमाडौँ, जेठ ८ । सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले संविधान विरोधी गतिविधि गरिरहेको समेत बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधानले नै राजतन्त्रको पक्षमा लाग्ने, मुलुक विखण्डनतिर लाने कुरा संविधान विरोधी भनेको बताए । उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी हो । त्यसैले उहाँहरूले संविधानभित्र रहेर गतिविधि गर्नुपर्छ । अहिले जसरी संविधान विरोधी क्रियाकलाप बढिरहेको छ, हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिँदै राजा ल्याउने प्रयास भइरहेको छ ।’