मिडियाबाजी डटकम काठमाडौँ, जेठ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाई हुने भएको छ । उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ । न्यायाधीशद्वय डा. सुवेदी र ढकालको इजलासमा रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको निवेदन मात्र परेका छन् ।
मंगलबार रवि लामिछानेका तर्फबाट १० जना वकिलले बहस गरेका थिए । त्यसमध्ये अन्तिममा बहस गरेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहस अझै बाँकी छ । करिब आधा घण्टा रमनले बहस गरेपछि सरकारी पक्षले बहस गर्ने रविका वकिलहरूले जानकारी दिएका छन् । रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षा रहेको रविका वकिलहरूको भनाइ छ ।